हावाहुरी प्रभावित क्षेत्रमा नेपाली सेनाको सराहनीय काम (भिडियो)
काठमाडौं। आइतबार राति आएको हावाहुरीबाट तराईका दुई जिल्ला बारा र पर्सामा व्यापक जनधनका क्षति भएको छ। हालसम्म बारामा २६ र पर्सामा एक जनाको निधन भएको छ भने सयौंको संख्यामा घाइते भएका छन्। हावाहुरीपछि यतिबेला बारामा राहत र उद्धारको काम भइरहेको छ। ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षा निकाय राहत तथा उद्धारमा खटिएको छ भने अन्य स्वतफूर्त रुपमा सर्वसाधारण पनि उद्धारमा खटिएका छन्।
हावाहुरीबाट सबैभन्दा बढी क्षति भएको बाराको चैनपुरमा डिसी नेपाल टिम पुगेको छ। वस्ती व्यवस्थापनकालागि तत्काल गर्नुपर्ने कामकालागि नेपाली सेना विहानैदेखि खटिएको छ। आफ्नो भत्किएको संरचनाबाट व्यवस्थित गर्दै तत्कालकालागि अस्थायी बसोबासको व्यवस्था गर्न आँधी प्रभावित सर्वसाधारण पनि खटिएका छन्।
नेपाली सेनाको टोलीले अवरुद्ध राजमार्ग र भित्री सडक खुलाउन नेपाली सेनाले काम गरिरहेको छ। प्रयाप्त त्रिपाल नहुँदा आँधी प्रभावित खुला आकाशमा बस्न बाध्य भएका छन्। विभिन्न संघसंस्थाले खानाको व्यवस्था गरेपनि रातिको समयमा बासको व्यवस्था नहुँदा आँधी प्रभावित क्षेत्रका बालबालिकाको बिचल्ली जस्तै भएको छ। हेरौं डिसी नेपाल टिमले आँधी प्रभावित क्षेत्र बाराको चैनपुरमा पुगेर तयार पारेको भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार