Thursday 12th March 2026

हावाहुरी प्रभावित क्षेत्रमा नेपाली सेनाको सराहनीय काम (भिडियो)

7 years अगाडी

काठमाडौं। आइतबार राति आएको हावाहुरीबाट तराईका दुई जिल्ला बारा र पर्सामा व्यापक जनधनका क्षति भएको छ। हालसम्म बारामा २६ र पर्सामा एक जनाको निधन भएको छ भने सयौंको संख्यामा घाइते भएका छन्। हावाहुरीपछि यतिबेला बारामा राहत र उद्धारको काम भइरहेको छ। ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षा निकाय राहत तथा उद्धारमा खटिएको छ भने अन्य स्वतफूर्त रुपमा सर्वसाधारण पनि उद्धारमा खटिएका छन्।

हावाहुरीबाट सबैभन्दा बढी क्षति भएको बाराको चैनपुरमा डिसी नेपाल टिम पुगेको छ। वस्ती व्यवस्थापनकालागि तत्काल गर्नुपर्ने कामकालागि नेपाली सेना विहानैदेखि खटिएको छ। आफ्नो भत्किएको संरचनाबाट व्यवस्थित गर्दै तत्कालकालागि अस्थायी बसोबासको व्यवस्था गर्न आँधी प्रभावित सर्वसाधारण पनि खटिएका छन्।

नेपाली सेनाको टोलीले अवरुद्ध राजमार्ग र भित्री सडक खुलाउन नेपाली सेनाले काम गरिरहेको छ। प्रयाप्त त्रिपाल नहुँदा आँधी प्रभावित खुला आकाशमा बस्न बाध्य भएका छन्। विभिन्न संघसंस्थाले खानाको व्यवस्था गरेपनि रातिको समयमा बासको व्यवस्था नहुँदा आँधी प्रभावित क्षेत्रका बालबालिकाको बिचल्ली जस्तै भएको  छ। हेरौं डिसी नेपाल टिमले आँधी प्रभावित क्षेत्र बाराको चैनपुरमा पुगेर तयार पारेको भिडियो

          April 2, 2019 3:12 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...