अशोक शर्माको ‘रातो टिका निधारमा’ मा सम्राज्ञी
काठमाडौँ । अहिलेकी चर्चित एवं व्यस्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चर्चित निर्माता निर्देशक अशोक शर्माको फिल्म साइन गरेकी छन् । पछिल्लो समय नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त सम्राज्ञीले अशोक शर्माको निर्देशनमा बन्ने नयाँ फिल्म ‘रातो टिका निधारमा’ साइन गरेकी हुन् । यससँगै ‘मारुनी’ को छायांकन पूरा भएलगत्तै उनले भेट्रान निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टिका निधारमा’ गर्ने पक्का भएको हो ।
सोमवार बिहानमात्र साम्राज्ञीलाई उनले लिड अभिनेत्रीमा अनुबन्ध गरेका हुन् । उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । यसमा सम्राज्ञीले १६ लाख पारिश्रमिक बुझेको बताइएको छ । यसअघि पनि निर्देशक शर्माले अभिनेत्री साम्राज्ञीलाई यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको रोल अफर गरेका थिए ।
त्यसबेला उनी ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनमा व्यस्त भएका कारण उक्त फिल्म गर्न पाएकी थिइनन् । तर, उनले गाउँले रोल भएका कारण रिजेक्ट गरेको चर्चा सिनेवृतमा चलेको थियो । यो कुराको अभिनेत्री शाह र निर्देशक शर्माले खण्डन गरेका थिए ।
सम्राज्ञीले निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ पनि साइन गरिसकेकी छन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । यो फिल्म केही समय पछाडि धकलिएपछि उनले अशोक शर्माको फिल्मलाई समय दिएकी हुन् ।
यस फिल्ममा नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि ‘रातो टिका निधारमा’ मा अभिनय रहनेछ । यस फिल्ममा दशक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ गीतलाई रि-एरेञ्ज गरेर राखिने छ ।
फिल्मको बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस फिल्मलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्म अभिनेत्री जसिता गुरुङलाई अफर गरिएको तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन नसकेको बताइएको छ ।
April 2, 2019 3:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो