राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या
बारा – बारा र पर्साका हुरी प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या भएको छ । प्रभावित क्षेत्रमा राहत लिएर पुग्नेको संख्या धेरै भए पनि मनलाग्दी ढंगले वितरण हुँदा पीडितले राहत नपाएको गुनासो गरेका छन् ।विभिन्न संघसंस्था र व्यक्तिले दिनहुँ ठूलो परिमाणमा राहत सामग्री वितरण गरे पनि आफूहरुले पाउन नसकेको बाराको फेटा गाउँपालिका–६ पुरैनियाका पीडितले गुनासो गरेका छन्।
स्थानीय मोस्तकिम अंसारीले आफ्नो परिवारले राहतको नाममा अलिअलि चिउरा र बिस्कुट मात्रै पाएको गुनासो गर्दै बोल्न सक्ने र बलियाले धेरै राहत सामग्री लिने गरेको आरोप लगाउनुभयो । घरविहीन बनेका भन्दा पनि अलिअलि क्षति पुगेकाहरुले नै त्रिपाललगायतका राहत सामग्रीहरु धेरै लिने गरेको र आफूहरुले खानेकुरा पनि पेटभरि नपाएको स्थानीय कलमा खातुनले गुनासो गर्नुभयो ।
फेटा ६ का वडाध्यक्ष जाकिर अन्सारीले व्यक्तिहरुले मनपरी ढंगले राहत वितरण गर्दै फोटो खिचाउने गर्ने गरेका कारण राहत वितरण व्यस्थित हुन नसकेको बताउनुभयो । उहाँले एकद्वार प्रणालीले राहत वितरणको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरे पनि सुनुवाई नभएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण अव्यवस्थित भएको स्वीकार गर्दै राहत वितरण गर्नेहरुलाई जिल्ला विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गर्न आग्रह गर्नुभएको छ ।
April 3, 2019 10:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध