Sunday 15th March 2026

संखुवासभामा चट्याङले लागेर २ जनाको मृत्यु

7 years अगाडी

संखुवासभा, चैत्र २० गते । संखुवासभाको पाँपखन नगरपालिका-९ सुनार गाउँमा चट्याङले लागेर २
जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो अन्दाजी २:३० बजेको समयमा असिना पानिसंगै परेको चट्याङले लागेर स्थानीय ४० बर्षीया सिता बि.क. र ५० बर्षीया सुकुमाया लिम्बु गम्भीर घाईते भएका थिए ।

घाईते दुवैजनालाईउपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्वास्थ्य
चौकीमा उपचार हुन नसकी थप उपचारको लागि वाना स्वास्थ्य चौकी लगिएकोमा उपचारकै क्रममा साँझ ५:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

          April 3, 2019 12:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...