नेपालले कतारलाई पानी बिक्री गर्ने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २० चैत । खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।
मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो ।’
स्प्रिङवाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो । मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशनसमेत दिइन् ।
April 3, 2019 12:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...