Sunday 15th March 2026

२ सय १२ किलोग्राम गाँजासहित दुईजना पक्राउ

7 years अगाडी

मकवानपुर – प्रहरीले ठूलो परिमाणको गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । २ सय १२ किलोग्राम गाँजा, गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यान र दुईजनालाई पक्राउ गरेको हो । बिहीबार बिहान प्रहरीले पत्रकार समेलन गरी बरामद गरिएको गाँजा, गाडी र पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट गाँजा, ना ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिङले बताउनुभयो ।

गाँजासहित गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र यही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगरलाई पक्राउ गरिएको एसपी सिङले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको टोलीले सुराकीका आधारमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको पिकअप भ्यानलाई रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।

गाडीको पछाडीको ढालामा त्रिपाल राखेर त्रिपालभित्र प्लाष्टिकमा बेरेको अवस्थामा गाँजा राखिएको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्धा दायर गरेको छ । 

          April 4, 2019 11:18 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...