शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो
काठमाण्डौ – यो सातभरी घटबढ भइरहेको अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ साताको अन्तिम दिन आज शुक्रबार केही बढेको छ ।आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा थियो ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०५
पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७२ पैसा र
बिक्रीदर २९ रुपैयाँ ८९ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८
पैसा छ । हिजो बिहीबार खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१
पैसा थियो ।
यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो बिहीबार दिनार १ को खरिददर ३५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६० रुपैयाँ ५८ पैसा तोकिएको थियो ।
बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ । हिजो दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा थियो ।यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको थियो ।
April 5, 2019 12:09 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग