आगलागीमा परेर एकजनाको मृत्यु, दुईजना घाइते
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ– लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो ।
आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उहाँकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो ।
स्थानीयको प्रयासमा घरभित्रबाट चारजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । भित्रि बाटो भएकोले आगो निभाउन बारुण यन्त्र लैजान कठिन भएको थियो । बारुण यन्त्र त्यहाँ पुग्दासम्म स्थानीयले आगो निभाइसकेका थिए ।
April 5, 2019 12:15 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...