Friday 19th December 2025

आगलागीमा परेर एकजनाको मृत्यु, दुईजना घाइते

7 years अगाडी

काठमाण्डौ– लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो ।

आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उहाँकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो । 

स्थानीयको प्रयासमा घरभित्रबाट चारजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । भित्रि बाटो भएकोले आगो निभाउन बारुण यन्त्र लैजान कठिन भएको थियो । बारुण यन्त्र त्यहाँ पुग्दासम्म स्थानीयले आगो निभाइसकेका थिए । 

          April 5, 2019 12:15 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...