Sunday 15th March 2026

रद्द भएको प्रदेश नं २ कोे एसइई परीक्षा आजदेखि सुरु

7 years अगाडी

काठमाडौं। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा आजदेखि पुनः सुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको थियो।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिएको हो।प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा आज भइरहेको छ भने सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुनेछ।

अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ।

          April 5, 2019 12:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...