नवलपरासीमा घरको गारोमा च्यापिएर दुई बालिकाको मृत्यु
7 years अगाडी
Susma Dhakal
नवलपरासी – घर भत्काउने क्रममा गारो खसेर च्याप्दा नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा दुई बालिकाको ज्यान गएको छ । गारोले च्याप्दा दुईजना घाइते भएका छन् ।
सुनवल नगरपालिका –१० का कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोले च्यापिएर रमाकान्त अधिकारीका ४ वर्षीया छोरी नविना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
गारोले च्यापिएर रमेश खत्रीका ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर रहेको छ । अर्की ७ वर्षीया समीक्षा भुसालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घर मर्मतका लागि भत्काउने क्रममा नजिकै खेलिरहेका बालिकाहरुलाई गारोले च्यापेको थियो ।
April 5, 2019 12:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...