नवलपरासीमा घरको गारोमा च्यापिएर दुई बालिकाको मृत्यु
7 years अगाडी
Susma Dhakal
नवलपरासी – घर भत्काउने क्रममा गारो खसेर च्याप्दा नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा दुई बालिकाको ज्यान गएको छ । गारोले च्याप्दा दुईजना घाइते भएका छन् ।
सुनवल नगरपालिका –१० का कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोले च्यापिएर रमाकान्त अधिकारीका ४ वर्षीया छोरी नविना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
गारोले च्यापिएर रमेश खत्रीका ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर रहेको छ । अर्की ७ वर्षीया समीक्षा भुसालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घर मर्मतका लागि भत्काउने क्रममा नजिकै खेलिरहेका बालिकाहरुलाई गारोले च्यापेको थियो ।
April 5, 2019 12:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...