प्रेमले जातभात भन्दैन् । दलितकी छोरी सँग रमेशले बाजा बजाएर विवाह गरे, ४ वर्ष देखीको माया भयो सफल !
एक आपसमा प्रेम बलियो हुन्छ भने कुनै पनि जात धर्मले बाधा पुर्याउन सक्दैन भन्ने कुरा एक अन्तरजातीय जोडिले प्रमाणित गरेका छन् । लगभग ४ वर्ष देखी माया प्रेममा रहेका इटहरीका वर्ष २७ का रमेश कार्की र भोजपुर स्थित वर्ष २६ कि मनिता सेन्चुरीको हिन्दु धर्मअनुसार भएको विवाहले यो प्रमाणित गरेको छ । उक्त जोडिले एक समारोह बिच काठमाण्डौको नयाँ बानेश्वरमा एक पार्टी प्यालेसमा विवाह सम्पन्न गरेका छन् । उनीहरूले हिन्दु परम्परा अन्तर्गत रही विवाह गरी संस्कार पुरा गरे ।
बेहुलाले आफू बस्ने ठाउँ काडाँघारी देखी नयाँबानेश्वर सम्म जन्तीकोहरू लिएर बाजा बजाएर मनितालाई विवाह गरे । चार वर्षदेखि कुवेतमा वैदेशिक रोजगारीमा रहेका रमेश विवाह गर्नकै लागि नेपाल आएका हुन्। छोरीको विवाहको लागि बेहुली मनिताका पिता मनबहादुर सेन्चुरीका परिवार पनि काठमाडौँ नै आएका थिए।
एकापसमा पे्रम सम्बन्ध रहेपछि रमेशले आफ्ना अभिभावकलाई सहमतिका लागि प्रस्ताव राखेका थिए। अभिभावकले सहजै स्वीकार्न नसकेपछि उनले आफै औपचारिक विवाहको चाँजोपाँजो मिलाएका थिए। इटहरीदेखि विवाहमा सहभागी हुन आएका बेहुला रमेशका भाइ टीकाबहादुर कार्कीले बिस्तारै बुबाआमा पनि सहमत हुने बताए।
उनले आफु दाजुभाउजुको अन्तरजातीय विवाहको खुशीमा सामेल हुन आएको खुलाए। काठमाडौं काँडाघारीका युवराज कटुवाल पनि विवाह समारोहमा खुशी थिए। प्रहरीका जागिरे युवराज बेहुला रमेशका साथी हुन्। उनी रमेशकै घरमा भाडामा बस्छन्। कटुवालले विवाहले समाजमा व्याप्त जातीय विभेदको विरोध गरेको बताए। ‘आपसमा मन मिलेपछि जातपातको कुरा बाधा गर्नुहुँदैन्। नारी र पुरुषबीचको मन मिलेको विवाहमा खुशी मिल्छ’, उनले भने।
कटुवालले तुरुन्तै छोराको खुशीलाई स्वीकार्न नसकेका अभिभावकले केही दिनमा स्वीकार्दै जाने स्थिति रहेको खुलाए। ‘छोरी ज्वाइँ विवाह गर्न चाहेपछि मैले सहयोग गरें’, मनबहादुरले भने। बेहुला र बेहुली दुवै पक्षले परम्परागत विवाहको संंस्कार पुरा गरेका थिए। बेहुला र बेहुली दुबै शिक्षित भएकाले समाजको विभेद तोडेर अघि बढेको विवाह समारोहमा सहभागी भएको कृष्ण सुनारले बताए।
आफ्नो पे्रमलाई साकार पार्न समस्याकै बीचमा विवाह गर्न पुगेको बेहुला रमेशले बताए। ‘समस्या पछि पनि आउनेछन्। डराएर बसेको छैन। म चाहन्छु विवाहपछिका प्रत्येक दिन राम्रा बनुन् ’, कार्कीले भने।
April 5, 2019 1:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग