Sunday 15th March 2026

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

7 years अगाडी

कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्।

गए राति ना८ख १८४५ नंको ट्रकले लु४१प १७२७ नंको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकामा आज बिहान २ बजे मृत्यु भएको हो।
 
दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिए।

          April 5, 2019 4:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...