प्रहरी भन्छ– हतियार खोस्ने क्रममा गोली चल्यो !
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन् । सीमामा पर्ने घिर्नी पुल नजिक स्थानीय र प्रहरीबीचको विवादपछि गोली चलेको हो ।प्रहरीले भने हात हालाहालपछि हतियार खोसाखोेसको क्रममा गोली चलेको जनाएको छ । प्रहरीले स्थानीय र प्रहरीबीच बिवाद पश्चात हात हालाहालको अवस्था सिर्जना हुँदा दुवै पक्षका केही घाइते भएको समेत पुष्टि गरेको छ ।
सुनसरी प्रहरीका अनुसार सही चन्द्रकुमार शाक्य घाइते भएका छन् ।स्थानीयवासीले मापसे गरेका प्रहरीले निहत्थामाथि गोली चलाएको दाबी गरेका छन् । स्थानीयका अनुसार प्रहरीको गोली लागी जियाउल मन्सुरी घाइते भएका छन् । हातमा गोली लागेका उनको उपचारका लागि बिराटनगर लगिएको छ ।
प्रहरीले भने तस्कर समूहलाई रोक्ने क्रममा स्थानीय युवा समूहले प्रतिकार गर्न खोज्दा विवाद उत्पन्न भएको जनाएको छ ।बढ्दो विवाद हात हालाहालको अवस्थामा पुगेपछि कुटाकुटको अवस्था सृजना हुँदा एकजना स्थानीय र स्वयं प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले बताए ।
स्थानीयले घटनालाई प्रहरीको ज्यादतीको आरोप लगाएका छन् । घटना पश्चात स्थानीयवासीले सो क्षेत्रमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन् । स्थानीय संचारकर्मी लुकमान अन्सारीका अनुसार जिल्लाबाट पुगेको प्रहरी टोली र हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षको रोहबरमा छलफल गरीएपनि सबैलाई जिल्लामा थप छलफलका लागि लगिएको छ ।
April 6, 2019 11:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध