हात्तीको आक्रमणबाट घाइते भएकी बेवारिसे महिलाको उपचार र स्याहार शुरु
सप्तरी । उपचारबाट वञ्चित बेवारिसे महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्याहार र उपचार दुवै शुरु भएको छ।हात्तीको आक्रमणबाट घाइते महिला साढे एक महीनादेखि बेवारिस भई उपचार र स्याहार नपाएको समाचार राससमा प्रकाशित भएपछि उहाँको उपचार र स्याहार शुरु भएको हो।
बिरामीको भाँचिएको हात जोड्न लगाउनुपर्ने स्टिलको खर्चवापत नगद रु १०
हजार डिभिजन वन कार्यालय सप्तरीले उपलब्ध गराएपछि राजविराजस्थित अस्पतालमा
उनको भाँचिएको दाहिने हातमा शल्यक्रिया गरी स्टिल लगाइएको अस्पतालले जनाएको
छ।
वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार
आरक्ष बाहिर हात्तीको आक्रमणले घाइते हुनेहरुको उपचारको जिम्मेवारी वन
कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षले गर्नुपर्ने समाचारमा उल्लेख
थियो।
अस्पतालका अनुसार डा. ज्ञानेन्द्रकुमार झा नेतृत्वको टोलीले भाँचिएको हातको सफल शल्यक्रिया गरी हातमा स्टिल लगाएको छ।
अस्पतालले हात, कम्मर, मेरुदण्डलगायतको एक्सरेसमेत निःशुल्क गरिदिएको छ। डा. झाका अनुसार महिलाको कम्मरमुनि ९पेल्भिक० को हड्डी भाँचिएको छ, उहाँको मानसिक स्थितिसमेत सामान्य छैन।उचित स्याहारका लागि सर्जिकल वार्डमा सारिएकी महिलाको सरसफाइ र उपचारमा समेत अस्पतालले चासो देखाएको छ।
अस्पतालका कर्मचारी र नर्सहरुले सरसफाइमा ध्यान दिँदै उनलाई नुहाइदिने, नङ र कपाल काटिदिने, सफा कपडा फेरिदिने गर्न थालेका छन्।स्याहार र पोषणयुक्त खानाको कमीले कमजोर बनेकी बेवारिस महिलालाई अस्पतालले अण्डा, दूध, फलफूलसमेत दिन थालेको अहेव धनेश्वर साहले बताए।
त्यसअघि अन्य बिरामीका कुरुवाले दिने गरेको बिस्कुट पाए खाने नपाए भोकै सुत्ने गरेकी महिला अहिले उठेर बस्नेसम्मकी भएकी छिन्।हात्तीको आक्रमणमा परी घाइते महिला सप्तरीको अग्नीसाइर कृष्ण सवरन गाउँपालिका-१ मा बेवारिसे अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित अस्पताल भर्ना गराइएकी महिलाको रेखदेख गर्ने आफन्त कोही फेला नपरेपछि उपचार र स्याहार नपाएर उनी जीवनमरणको सङ्घर्षमा तडपिएकी थिइन्। समाचार प्रभावले उपचार खर्च जुटेकामा खुशी भएकी अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडाले थप उपचार र पुनः स्थापनाको खाँचो रहेको बताए।
April 7, 2019 10:29 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग