यस्तो छ संसारकै सर्वाधिक महँगो कार, जसको मूल्य सुन्दै होश उड्छ
काठमाडौं, । इटालीयन कार कम्पनी पगानी अटोमोबाइल फाउन्डर होरेशियोले बेलायतको पश्चिमी सक्सेसमा आयोजित गुडवुड फेस्टिवल अफ स्पिड २०१८ मा संसारकै सबैभन्दा महगोे कार सार्वजनिक गरेको छ । पगानीले एचपी वार्शेटा नाम दिइएको सो कारको मुल्य १३.५ मिलीयन पाउन्ड अर्थात २ सय १७ करोड निर्धारण गरेको छ ।
यो कार हालसम्म उत्पादन भएका मध्ये सबैभन्दा महङ्गा कार अन्र्तगत परेको छ । यसमा ७.३ लिटरको एएमजी भी १२ इन्जिन दिइएको छ जसमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसको अलवा सस्पेन्शन कोयल स्प्रिंग दिइएको छ । त्यस्तै, कारमा ७८९ बिएचपी पावर दिइएको छ । यसको अधिकतम गती ३३८ कीमी रहेको छ ।
कम्पनीले मात्रै तीन ओटा एपची बार्शेटा उत्पादन गर्ने जनाएको छ । जसमध्ये कम्पनी स्वंयमले एउटा कार राख्ने छ । लेम्बार्गिनी उत्पादनका लागि काम गर्दै आएको होरेर्सियोले सन् १९९२ बाट पगानी अटोमोबाइलको सुरुवात गरेको थियो ।
कम्पनीले पछिल्ला २६ वर्षयता शानदार गाडि निर्माण गर्दै आएको छ । तर यसले, फरारी,लेम्बार्गिनीको तुलनामा निक्कै कम संख्यामा कार उत्पादन गरेको छ । गुडवुड फेस्टिभल हरेक वर्ष आयोजना गर्ने गरिन्छ । फेस्टिभलमा ऐतिहासिक मोटर रेसिंगको प्रदर्शनी गरिन्छ । यो इभेन्ट हरेक वर्षको जुनको अन्त्य वा जुलाइको सुरुवातमा आयोजना हुने गरेको छ ।
April 7, 2019 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने