Saturday 14th March 2026

हावाहुरी पिडितसँग प्रधानसेनापति थापा, पिडितले यस्तो भने

7 years अगाडी

काठमााडौं । केही साता पहिले बारा र पर्सामा आएको हावाहुरीले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ । आँधी–हुरी पीडितहरूले आउने वर्षात् अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गरेका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गरे । ‘बर्षाअघि घर बन्न नसके पीडितको बिचल्लि हुने बताउँदै उनले भने–सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पुरा हुने विश्वास पलाएको छ ।’ सरकारले नेपाली सेनाको प्रयोग गरेर सक्दो चाडो नै घर निर्माण गर्ने जनाउँदै आएको छ ।

          April 9, 2019 11:31 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...