जनआन्दोलन दिवसमा गणेशमानलाई सम्झिँदै पदयात्रा
२६ चैत, काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ ।मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो ।
लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए । उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए ।
कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नायिका केकी अधिकारीले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गर्दै भनिन्, ‘गणेशमान सिंहकै कारण अहिले हामी यहाँ छौं ।’
प्रजातन्त्र पुनःस्थापना का लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो ।जनआन्दोलन दिवसको अवसरमा प्रज्ञाभवन कमलादी र राष्ट्रिय सभागृहमा पनि अलग-अलग कार्यक्रम आयोजना गरिएको छ ।
April 9, 2019 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध