साउदि अरबको जेलबाट मुक्त भए भुपाल बस्नेत, अभियानले पायो सफलता ।
०९ अप्रिल, २०१९
रम्जान दिन मियाँ,
साउदी अरब – बराह न.पा. -०२ सुनसरी नेपाल स्थाई घर भएका भुपाल बस्नेत आज सकुशल नेपाल फर्कदैछन् । साउदी अरबको बुरैदा अल कासिम जेलबाट गत चैत १८ मुक्त भएका उनि आज गल्फ एयरको उडानहुदै नेपाल फर्किन लागेका हुन् ।

करिब ६ बर्ष पहिले साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहदै गर्दा साइडमा पार्किङ गरि रोकिराखेको उनको ट्रकमा पछाडीबाट अर्को कार ठोक्किएको थियोे । दुर्घटनामा परि कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएको थियो भने ब्लड मनिको केससँगै उनी जेलमा परेका थिए । बिगत मे २०१६ (३५ महिना) देखी जेल जीवन बिताउन बाध्य बस्नेतलाई ७५,३०० साउदी रियल अर्थात् २२ लाख ११ हजार रुपैयाँ तिर्न पर्ने अदालतको पैसला सुनाएको थियोे ।

उनको उद्धारका लागि गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले पहल कदामि सुरुवात गरेको थियोे । ब्लड मनि जुटाउन क्षेत्रीय समितिले ८०३१ साउदी रियल, गन्तव्य नेपाल उनैजाको पहलमा ७,००३ साउदी रियल र नेपाली प्रवासी समाज हाइलको पहलमा १०५१ साउदी रियल गरि जम्मा १६०८५ साउदी रियल ( ४,९३,३०४ नेपाली रुपैयाँ ) जम्मा गरिएको थियो । त्यसैगरी बाँकी अपुग रकमको लागि नेपालमा रहेको परोपकारी, सामाजिक संस्था प्रवासी नेपाली समन्वय समिती (PNCC) ले जिम्मेवारी लिएको थियो ।

रकम संकलन अन्तर्गत कुमार राना उद्दार समिती बाट ११ लाख ३० हजार ९ सय ६३ रुपैयाँ, गैर आवासीय नेपाली संघ (आइसिसि) कल्याणकारी कोषबाट २ लाख ३० हजार रुपैयाँ , प्रेम राई उद्दार बाट बचेको रकम बाट २ लाख रुपैयाँ , सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार रुपैयाँ र बराह समाज सुनसरी बाट ११ हजार १ सय ११ रुपैयाँ संकलन गरिएको PNCC का अध्यक्ष कुल प्रसाद कार्कीले जानकारी दिएका छन् ।

नेपाली दूतावास रियाद साउदी अरबको सहजिकरणमा संकलित रकम गत १ अप्रिल २०१९ का दिन अल कासिम कोर्टमा बुझाएपछि बस्नेत जेलबाट रिहाई भएका थिए । एक्जिट भिसा प्रक्रिया पूरा भएता पनि समयमै हवाई टिकट नपाउदा थप ५ दिन सम्म खान बस्न र एकतर्फी हवाई टिकटका लागि एनआरएनए आर सि सि अल कासिमकाले व्यवस्थापन गरेको थियोे । बस्नेत भोलि बुधबार बिहान ११:५५ बजे काठमाडौ पुग्नेछन् |

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन