Saturday 14th March 2026

सरकार सुरु गर्‍याे ‘नेपाल जीवनस्तर सर्वेक्षण’

7 years अगाडी

काठमाण्डाै – सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरु गरेको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिनुभएको हो । बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताउनु भयो ।

त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको काम पनि सुरु गरिएको जनाएको छ ।विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाइल बनाउने काम भइरहेको  पनि समितिलाई जानकारी गराउनु भयो ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

          April 10, 2019 3:55 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...