छोरी ट्रोल भएपछि भड्किएका अजय देवगनले जवाफमा भने- हाम्रा बच्चालाई एक्लै छोडिदिनुस्
बलिउड सुपरस्टारका बच्चाहरु कुनै न कुनै कारण समाजिक सञ्जालमा ट्रोल भइरहेका हुन्छन् । यस पटक अभिनेता अजय देवगन र काजोलकी १४ वर्षीया छोरी न्यासा ट्रोल भएकी छिन् । न्यासा उनले लगाएको छोटो लुगाका कारण ट्रोल भएकी हुन् ।
सामाजिक सञ्जाल प्रयोगकताहरुले न्यासाको विषयमा अनेक टिकाटिप्पणी गरिरहेका छन् ।
छोरी न्यासालाई सामाजिक सञ्जालमा ट्रोल गरेको थाहापाएपछि दुखी भएका अजयले यस विषयमा जवाफ फर्काएका छन् । अजयले भनेका छन् ‘जब यस्तो ट्रोलिङ हुन्छ तब मेरी छोरी न्यासा मात्रै नभई पुरै परिवार प्रभावित हुन्छ । न्यासा केवल १४ वर्षकी छिन् । तर मलाइ लाग्छ मानिसहरु कहिलेकाहीँ आफ्नो मर्यादा भुलेर बकवास गर्न थाल्छन् ।’

अजयले आफ्नी छोरीले लगाएको लुगाको विपषयमा भने, ‘न्यासाले शर्टस् लगाएकी थिइन् तर उनले लगाएको लामो ड्रेसले शर्टस् छोपिएको थियो । त्यसपछि मानिसहरुले उनलाई ट्रोल गर्न सुरु गरिदिए । मलाई थाहा छैन यी कस्ता खालका मानिसहरु हुन् ।
तर उनीहरुले गरेको व्यवहारको मूल्य हामीले चुकाउनु परेको छ । म पापाराजीहरुसँग यति मात्रै अनुरोध गर्छु कि हाम्रा बच्चाहरुलाई एक्लै छोडिदिनुस् । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ । उनीहरु हरेक समय तयार भएर घरबाहिर निस्कन चाहँदैनन् ।’

अजय देवगन र काजोलका २ सन्तान- छोरी न्यासा र छोरा युग छन् । अजय आफ्नी छोरी न्यासा निकै समझदार रहेको अन्तरवार्ताहरुमा बताइरहन्छन् । सिंगापुरमा पढाइ गरिरहेकी न्यासाले सामाजिक सञ्जालको प्रयोग नगरे पनि उनका तस्बिरहरु मिडिया तथा साजिक सञ्जालमा छाइरहन्छन् ।
April 10, 2019 4:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो