दीपक दीपाले घोषणा गरे नयाँ फिल्म, फेरि पनि ‘छ’ अक्षरबाटै आउने नाम
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाले आउँदो वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई फिल्म निर्माण गर्दैछन् । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेसँगै मंगलवार बिहान कलाकार गिरीले नयाँ फिल्मको नाम सार्वजनिक गरेका छन् ।
‘घामपानी’ र ‘गोपी’ फेम निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । यस फिल्मको निर्माण ‘गाजलु’ निर्माता रोहित अधिकारीले गर्ने भएका छन् । दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको छ । यसपटक पनि फिल्मको नाम ‘छ’ बाटै जुराइएको छ ।
फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनको भनाई छ । आउँदो बैशाख २२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ भने दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् । यो फिल्म दीपकराजको टिमले बिना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा काम गर्न लागेको हो ।
बुझ्ने भाषामा भन्दा फिल्ममा सम्पूर्ण लगानी निर्माता अधिकारीको रहनेछ तर, फिल्म सफल भएको खण्डमा उनले मुनाफाको ५० प्रतिशत दीपकराजलाई बुझाउनु पर्नेछ । फिल्ममा अहिलेसम्म दीपक र केदार घिमिरे मात्र कलाकारको रुपमा फाइनल भएका छन् । यसमा जितु नेपाल पनि हुने सम्भावना छ ।
अहिले निर्माण टिम फिल्मका लागि लिड अभिनेत्रीको खोजीमा छ । ‘छ माया छपक्कै’ मा दीपक शर्माको संगीत रहनेछ । निर्माता अधिकारीले बाँकी कलाकारहरु केही दिनमा छनोट गरिने जानकारी दिए । फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । आगामी दशैंमा यो फिल्मको भिडन्त अशोक शर्माको ‘रातो टिका निधारमा’ सँग हुनेछ ।
April 10, 2019 4:48 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री