 
						 
कहाँ के गर्दैछिन् ‘पोर्न स्टार’ बन्ने चक्करमा रहेकी अर्चना पनेरु ?
 
 
काठमाडौँ । कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् । आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनकी आमा सुनिता मिलेर नग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए । त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए ।
काठमाडौँमा आएपछि पनि उनीहरुको त्यस्तो हर्कत जारी रहेपछि उनीहरु पटक–पटक प्रहरी थुनामा पुगेका थिए । काठमाडौँको गोंगबु बसपार्कमा उनीहरुले डान्सबारमा पनि लगानी गरेका थिए । त्यस्तै, काठमाडौँ रहँदा अर्चनाले अमेरिकी नागरिक उल्फ प्राइससँग विवाह पनि गरेकी थिइन् । विवाहपछि अर्चनाले आफूले पोर्न स्टार बन्ने सर्तमा ती नागरिकसँग विवाह गरेको समेत बताएकी थिइन् ।
तर, उल्फलाई यौन दुरचारको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको थियो । प्राइसको भाडाको घर बलम्बुबाट दुईसय ग्राम गाँजा, लागूऔषध लगायतका समग्रीहरु बरामद गरेको थियो । उक्त घरमा उनले युवतीहरु राखेर यौनधन्दा चलाउँदै आएका थिए ।
पनेरु आमाछोरीले उत्तेजक तस्बिर र भिडियो सार्वजनिक गरेपछि उनीहरुको चर्चा भारतसम्म पनि पुगेको थियो । केही भारतीय मिडियाले अर्चनालाई ‘नेपालीकी सन्नी लियोनी’को संज्ञा समेत दिएका थिए । यी आमा–छोरी अहिले भारतको मुम्बाई पुगेका छन् । उनीहरु मुम्बाई पुगेको पनि लामो समय भइसकेको छ । भारतमा केही दिनअघि मात्रै अर्चना भारतको गोवा पुगेकी थिइन् ।
April 10, 2019 8:00 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
