Monday 25th November 2024

इमरानले मोदीकालागि घटाएका थिए पुलवामाको घटना?

6 years अगाडी

बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतमा फेरि बिजेपीको सरकार बन्यो भने भारत र पाकिस्तानबीच शान्ति वार्ताको संभावना धेरै हुने बताएका छन्।

पाकिस्तानमा एउटा अन्तर्वातामा इमरान खानले यदि भारतमा नयाँ सरकार विपक्षी दल कांग्रेसको बन्यो भने पाकिस्तानसँगको शान्तिा वार्तामा बिलम्ब हुन सक्ने बताएका थिए।

तर इमरान खानको यो अभिव्यक्तिलाई समाजिक संजालमा केही मानिसहरुले भारत–पाकिस्तानबीच शान्ति प्रक्रिया बहाली गर्नकालागि नै भएपनि इमरान खानले एक पटक नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्री रुपमा हेर्न चाहेको रुपमा व्याख्या गरेका छन्।

यस्तोमा सामाजिक संजालमा आम प्रयोगकर्ताले इमरान खानको यो अभिव्यक्तिको बहानामा बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निसाना साधेका छन् भने विपक्ष दलका नेताले पनि व्यग्य र कटाक्ष गरिरहेका छन्।

बिजेपी र उसका समर्थक बेला बेलामा विपक्षी कांग्रेसलाई पाकिस्तानसँग जोडेर हेर्ने गर्छन्। तर पाकिस्तानका प्रधानमन्त्रीले नै नरेन्द्र मोदीको समर्थन गर्दा सबै जना चुप लागेर बसेका छन्।

गुजराज विधानसभा चुनावका क्रममा डिसेम्बर २०१७ मा बनासकाँठाको पालनपुरमा एक चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान कांग्रेससँग मिलेर गुजराज चुनावमा हस्तक्षेप गरिरहेको आरोप लगाएका थिए।

प्रधानमन्त्री मोदीले पाकिस्तानका एक पूर्व अधिकारीको हवाला दिँदै कांग्रेस नेता अहमद पटेल गुजरातको आगामी मुख्य मन्त्री बन्न चाहेको आरोप लगाएका थिए।

उक्त सभालाई सम्वोधन गर्दै मोदीले भनेका थिए, ‘केही दिन अगाडि कांग्रेसबाट निलम्बित मणिशंकर अय्यरको  घरमा केही दिन पहिला एउटा बैठक भएको थियो। जसमा पाकिस्तानका उच्चायुक्त, पूर्व विदेशमन्त्री, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्व उपराष्ट्रपति हमिद अन्सारी सहभागी थिए।’

इमरान खानको उक्त अभिव्यक्तिपछि कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले ट्विट गर्दै पाकिस्तान आधिकारिक रुपमा मोदीसँग जोडिएको बताएका थिए।

सीपीएम महासचिव सीताराम येचुरीले पनि ट्विट गर्दै प्रधानमन्त्री मोदीको आलोचना गरेका थिए। उनले लेखेका थिए, ‘मोदीको चुनाव अभियानको एकमात्र मुद्दा पाकिस्तान रहेको छ। र उनले निकै अभद्र तरिकाले पाकिस्तानलाई विपक्षीसँग जोड्ने कोशिश गरेका थिए। तर अहिले हामीलाई के थाहा भयो भने पाकिस्तान कसलाई प्रधानमन्त्री बनाउन चाहन्छ, एकलौटी रुपमा भारतीय प्रधानमन्त्रीलाई जसले आईएसआईलाई आफ्नो सैन्य अखडाको भ्रमण गराउने निम्ता दियो र एकमात्र प्रधानमन्त्री जो नबोलाइकन पाकिस्तान गए।’

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले बिजेपीका समर्थकप्रति कताक्ष गरेकी छन्। उनले लेखेकी छन्, ‘थोरै ध्यान दिनुस्। यदि इमरान खानले यो चुनावमा प्रधानमन्त्री पदका लागि राहुल गान्धीलाई समर्थन गरेका थिए भने ‘चौकीदार’ नाम भएका ह्याण्डल के गरिरहेका हुन्थे।’

          April 11, 2019 11:09 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...