Saturday 14th March 2026

युनाईटेड अरब इमिरेटमा आयोजित अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेलामा नेपाली कलाको बर्चस्व

7 years अगाडी

काठमाडौं – चैत्र “सास्कृतिक आदन-प्रदान बाट नेपाल लाई बिस्व सामु परीचित गराउदै चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन, यो दृश्य हालै युनाईटेड अरब इमिरेटको सारजाह शहरमा सम्पन्न अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला २०१९ को हो । मेला Sharjah heritage institute ले आयोजना गरेको थियो

युनाईटेड अरब इमिरेटको पर्यटकिय शहर सारजाहमा अप्रिल १ देखी २२ सम्म आयोजना हुने 17th International Folklore Festival को पहिलो हप्ताको मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ। अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा नेपाल सहित २५ राष्ट्रको सास्कृतिक समुहले भागलिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशानमा गएको थियो। टोलिले मेला अबधिभर नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेको थियो ।

अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्यऊरे, तमाङ, झोडा, थालि, शेब्रु, कौरा, झागड, गर्‍रा, मारुनि, धिमाल, यती, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको नृत्यहरुको निर्देशन बरिस्ठ नृत्य निर्देशक जोगेन्द्र के सि गर्नु भएको थियो। मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशक सीतल आचार्य, नृत्यतर्फ जोगेन्द्र के सि, रुपिन डङ्गोल, कृष्ण रेउले, उत्तम शर्मा, बिबेक खड्का, प्रमिला रिजाल, अनिता अधिकारि, बिन्दु खड्का, सनि शाही, पुर्नी माया गुरुङ, सुजन बुढाथोकी, बाद्यबादन तथा गायक गायिका तर्फ बरिस्ठ वाध्यबादक धनेस्वोर तिवारी, बरिस्ठ लोक गायक राम प्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल, तेज बहादुर गुरुङ (तेजेन्द्र) प्रदीप गुरुङ, अनिल सिंह थापाको साथै डेक प्रसाद अधिकारि (गोपाल) सहभागि भएका थिए।

सोही अबसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक सीतल आचार्यले सारजाह सरकारका उच्च पदाधिकरीहरु साथै उपस्थित सम्पूर्ण महानुभाब तथा कार्यक्रम आयोजकहरुसँग भेटी नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भबिश्यमा यस सम्बन्धी बिशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनु भयो।

          April 11, 2019 11:41 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...