आज बढ्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ?
काठमाडौँ । आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४५ पैसा, १ सय ४५ रुपैयाँ २३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ७२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ २५ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
April 13, 2019 10:14 am | अर्थ