क्यान्सर पीडित पाँच वर्षीया बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको अपिल
काठमाडौं – रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीया बालिकाको उपचारमा लाग्ने खर्च को जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भइसकेको र आफूहरुसँग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए ।
उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराइरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सक हरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराइन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमूना संकलन पठाउनुपर्ने भएका कारण आफूहरु खर्च धान्न नसक्ने अवस्थामा आइपुगेको आफन्तले पीडा रहेको छ ।
पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाइ रहेको उनकी आमाले दुःखेसो पोखिन् । इमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै का रण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।
छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पूर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताइन्। अहिलेसम्म बालिकालाई दुईपटक किमो दिइसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाइन् । विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दे आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् ।
अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचन बद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाइ छ । उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाइल नम्बर 9866401358, 9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिने पनि परिवारले जनाएको छ ।
April 13, 2019 10:24 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी