चीनले गर्यो फेरी अर्को चमत्कार : सँसारलाइ नै चकित पार्दै चिनियाँ वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर
चीन यस्तो बिकशित देश हो जसले बिभिन्न चमत्कार गर्दै आएको छ । चीनले विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा सँसारलाइ नै चकित बनाउने बिभिन्न कार्यहरु गरिरहेको छ ।
यसैक्रममा चीनले आश्चर्यजनक प्रयोग गरेर सफलता पनि प्राप्त गरेको छ । चीनले फेरि एउटा आश्चर्यजनक प्रयोग गरेको छ । हालै चिनले मानिसको जस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेको छ ।
मानिसको जस्तो दिमाग भएको बाँदर तयार गरेको भनि चिनियाँ वैज्ञानिकहरुले दावी गरेका हुन् । एघार वटा बाँदरमा एमसीपीएच–१ जीन प्रत्यारोपण गरेर तयार गरिएको चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले प्रयोगको दौरान मानिसकोजस्तै बाँदरको दिमाग विकसित हुन पनि धेरै समय लाग्ने बताएका छन् ।
बाँदरहरुको दिमाग मानिसको जस्तै भएको दावी सत्य सावित भए एउटा ठूलो सफलता हासिल हुने चीनले बताएको छ । बाँदरहरुले जङ्गली बाँदरको तुलनामा कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया दिने बताइएको छ ।
April 13, 2019 10:57 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने