सुडानमा पूर्व मन्त्रीहरु पक्राउ पर्न थालेका छन् ।
राष्ट्रपति ओमार बशीरलाई पदच्युत गरेर सत्ता हातमा लिएको सेनाले बशीर नेतृत्वको सरकारका मन्त्रीहरुलाई पनि पक्राउ गरेको तर उनीहरुको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ ।
यसैबिच, लेफ्टिनेन्ट जनरल अब्दुल रहमान बुर्हान नेतृत्वको सेनाले अर्को प्रधानमन्त्री बनाउने विषयमा सकारात्मक रहेको जनाएको छ । तर नागरिक शासन लागु नभएसम्म सडक प्रदर्शन नरोक्ने प्रदर्शनकारीले माग गर्दै आएका छन ।
सैन्य सरकारका प्रवक्ता अदडिन शान्तोले सडक प्रदर्शन गरिरहेको द सुडान प्रोफेसनल्स एशोसिएसनले चाहेमा नागरिक शासन लागु गर्न तयार रहेको र त्यसका लागि नागरिक प्रधानमन्त्री छान्न सकिने बताएको खबरमा उल्लेख छ ।
गएको हप्ता झण्डै ३० बर्ष शासन चलाएका राष्ट्रपति बशीरलाई हटाएर सेना प्रमुख अबाद इफ औफले आफैलाई रक्षामन्त्री घोषणा गरेका थिए । तर राष्ट्रपति बशीरका समर्थक र सुडानका नागरिकले सडक प्रदर्शन चर्काएपछि उनले पदत्याग गर्दै लेफ्टिनेन्ट जनरल बुर्हानलाई उत्तराधिकारी घोषणा गरेका छन्
April 15, 2019 11:36 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग