

यू–१९ विश्वकप छनोट : नेपालले दियो ओमनलाई २ सय ३० रनको लक्ष्य

आईसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा दुई सय २९ रन बनायो ।
सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो । आजको खेलमा डेब्यू गरेका अभिशेख बस्नेत १५ रनमा आउट भए । त्यसपछि नेपालका स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दीप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुमायो ।
जारी प्रतियोगितामा जोरा निकै खराव फर्ममा रहेका छन । यसअघिका खेलमा पनि उनले राम्रो खेल्न सकेका थिएनन् । नेपालका मध्यक्रमका खेलाडी विच राम्रो साझेदारी हुन सकेनन् । डेब्यू खेलमा अर्धसतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए । जसका कारण नेपालले ८९ रनमा पाँच विकेट गुमायो ।
छैटौँ विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो । तर कप्तान रोहित ७५ रनमा आउट हुन पुगे । त्यसको लगत्तै भिम पनि ३९ रनमा बाहिरीए । जसका कारण नेपालले एक सय ७५ रनमा सात विकेट गुमायो ।
तर त्यसपछि कुशल मल्लपनि मात्र दुई रनमा आउट भएपछि आठौं विकेट गयो । लगत्तै कमलसिंह ऐरी एक रनमा आउट भएपछि नेपाल नबौ विकेट गुमायो । अन्तिममा प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो ।
April 16, 2019 11:21 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

