फ्रान्सको प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलमा आगलागी
आगलागीमा परेको फ्रान्सको प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलको मुख्य संरचना जोगिएको छ ।
फ्रान्सको राजधानी प्यारिसमा रहेको ८ सय ५० वर्ष पुरानो तथा फ्रान्सकै अमूल्य सम्पदामध्येको एक नोट्र ड्याम चर्चमा लागेको आगोले छाना शिखर र केही संरचना खरानी भए पनि मुख्य भवन भने जोगिएको फ्रान्सको अग्नी नियन्त्रण कार्यालयले जनाएको छ ।
आगलागीको कारण थाहा भैनसकेको तर चर्चमा भइरहेको जिर्णोद्धारको काम कै कारण आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी लगत्तै हजारौँ सर्वसाधारण सडकमा आएर प्रार्थना गरेका थिए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यो दुखद् भएको बताउँदै मंगलबारका लागि तय भएको राष्ट्रिय संबोधन स्थगित गरेका छन् ।
फ्रान्सेली राज्य क्रान्ति, दुईवटा विश्व युद्ध तथा आतंकबादीको चेतावनी र प्रदुषणबाट पनि जोगिएको यो चर्च जीर्ण बनेपछि केही समय पहिले जिर्णोद्धार गर्न सार्वजनिक आह्वान गरिएको थियो ।
सन् १९४४ को अगष्ट २४ तारिखमा यो चर्चमा ठूलो आवाजमा घण्टी बजाएर प्यारिस नाजी शासनबाट मुक्त भएको घोषणा गरिएको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव