फ्रान्सको प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलमा आगलागी
आगलागीमा परेको फ्रान्सको प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलको मुख्य संरचना जोगिएको छ ।
फ्रान्सको राजधानी प्यारिसमा रहेको ८ सय ५० वर्ष पुरानो तथा फ्रान्सकै अमूल्य सम्पदामध्येको एक नोट्र ड्याम चर्चमा लागेको आगोले छाना शिखर र केही संरचना खरानी भए पनि मुख्य भवन भने जोगिएको फ्रान्सको अग्नी नियन्त्रण कार्यालयले जनाएको छ ।
आगलागीको कारण थाहा भैनसकेको तर चर्चमा भइरहेको जिर्णोद्धारको काम कै कारण आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी लगत्तै हजारौँ सर्वसाधारण सडकमा आएर प्रार्थना गरेका थिए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यो दुखद् भएको बताउँदै मंगलबारका लागि तय भएको राष्ट्रिय संबोधन स्थगित गरेका छन् ।
फ्रान्सेली राज्य क्रान्ति, दुईवटा विश्व युद्ध तथा आतंकबादीको चेतावनी र प्रदुषणबाट पनि जोगिएको यो चर्च जीर्ण बनेपछि केही समय पहिले जिर्णोद्धार गर्न सार्वजनिक आह्वान गरिएको थियो ।
सन् १९४४ को अगष्ट २४ तारिखमा यो चर्चमा ठूलो आवाजमा घण्टी बजाएर प्यारिस नाजी शासनबाट मुक्त भएको घोषणा गरिएको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग