Tuesday 10th March 2026

‘एमरर्जिङ प्लेयर अवार्ड’को दावेदार खेलाडीमा सन्दीप लामिछाने

7 years अगाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । 

दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ ।

          April 16, 2019 11:58 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...