दुःख गरेर श्रीमतीलाई बनाए सई, बर्दी पाएपछि श्रीमतीले भनिन् ‘मलाई राख्ने तिम्रो औकात छैन’
बिहे गरेर ल्याएकी श्रीमतीलाई पढाएर ठूलो सरकारी जागिर दिलाएका एक श्रीमान संकटमा परेको घटना अहिले चर्चामा छ । ती युवकले आफूले दुःख गरेर श्रीमतीलाई पढाए त्यसपछि उनलाई पुलिस सब इन्स्पेक्टर बनाए । तर, बर्दी पाएपछि श्रीमतीले श्रीमानलाई ‘मलाई राख्ने तिम्रो हैसियत छैन’ भन्न्दै डिभोर्स मागेकी छिन् । दैनिक भास्करको समाचार अनुसार घटना भारतको भोपाल शहरको बैरसियाको हो ।
श्रीमानले पुरोहितको काम गर्ने बताइएको छ । उनले गाउँगाउँमा घुमेर अरुको पुजापाठ गराएर पैसा कमाइ श्रीमतीलाई पढाएका थिए । अब उनकी श्रीमतीले पुलिस सब इन्स्पेक्टरको सरकारी जागिर पाइन् । सरकारी पद र शान पाएपछि अहिले ती श्रीमतीले श्रीमानलाई छाड्न चाहिरहेकी छिन् । उनले आफ्ना श्रीमानको हैसियत अब उनलाई श्रीमती बनाएर राख्ने नरहेको बताएकी छिन् । विवाद अहिले कानुनी प्रक्रियामा छ ।
पीडित श्रीमानका अनुसार बिहेको बेला उनकी पत्नी केही पनि गर्दैनथिन् । उनले पत्नीलाई सक्षम बनाउनको लागि आफूले मेहनत गरेर पत्नीलाई पढाए । उनलाई भोपालमा राखेर कोचिङ कक्षा समेत पढाए । तीन–चार वर्ष पढाएपछि अहिले उनी अफिसर बनिन् । अहिले उनी आफूसँग बस्न चाहन्नन् । सइ बनेकी श्रमितीको अहिले इन्दौर सहरमा पोस्टिङ छ ।
जागिर पाएपछि उनले पतिलाई सम्बन्धविच्छेदको नोटिस पठाएकी छिन् । काउन्सिलिङको क्रममा पत्नीले भनिन् कि पतिको हैसियत छैन कि अब उनले आफूलाई सँगै राख्न सकुन् । पछिल्लो समय यसरी माथिल्लो ओहदामा पुगेका पत्नीले पतिसँग सम्म्बनधविच्छेद गर्ने आवेदन बढिरहेको सरकारी तथ्यांक छ ।
April 16, 2019 1:00 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग