यू–१९ विश्वकप छनाेट : नेपालले ओमानलाई १५० रनले हरायाे
आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।
मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पाैडेलले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाउँदा नेपालले बलियो लक्ष्य दियो ।
सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेनन् । छैटौँ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।
जवाफमा ओमान ४४ ओभर एक बलमा ७९ रनमा अलआउट भयो ।
ओमानका दुई खेलाडीबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । उसका अमनप्रित सिंहले र जील तान्नाले सर्वाधिक १३–१३ रन बनाउदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।
२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउँदा चार विकेट खेर फालेको थियो । नेपालको कसिलो बलिङसामु निकै दबाबमा आएको ओमानले एकपछि अर्को विकेट गुमाउँदै ४६ रनमा ८ विकेट झार्यो ।
बलिङमा नेपालका पवन शरार्फले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले दुई-दुई विकेट लिए ।
April 16, 2019 2:26 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी