Saturday 14th March 2026

बिवाह भएको ६ महिना मै स्वस्तिकाको रहस्यमय मृत्यु , श्रीमानले नै हत्या गरेको आशंका !

7 years अगाडी

भृकुटिनगरमा बिबाह भएको ६ महिना मै स्वस्तिकाको रहस्यमय मृत्यु भएको छ। श्रीमानले नै हत्या गरेको भन्दै माईती पक्षद्वारा कारवाहीको माग गरिरहेका छन्।जिल्ला प्रहरी कार्यालय बाँकेमा आज तनाव भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ भृकुटिनगर निवासी स्वस्तिका लिम्वुको मृत्युको बिषयलाई लिएर तनाव भएको हो । लिम्वु हिंजो घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

राँझामा रहेका माइती पक्षले स्वस्तिकाको हत्या भएको भन्दै कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा आएर प्रर्दशन गरिरहेका छन् । करिव दुईसय बढीको मासले प्रर्दशन जारी राख्दा तनाव भएको हो । स्वस्तिकाको ६ महिना अघि भृकुटीनगरका आशिष बुढाक्षेत्रीसँग विवाह भएको थियो ।

माइती पक्षले श्रीमानले नै स्वस्तिकाको हत्या गरेको भन्दै कारवाहीको माग राखेर प्रर्दशन गरेका हुन् । श्रीमानले पटकपटक स्वस्तिकालाई कुटपिट गर्ने गरेको माइती पक्षको भनाइ छ । नयाँ बर्षको दिन विहान छोरीले माइत आउछु भनेको र मध्यान्ह श्रीमानले आउन दिएनन आउन पाउदीन भनेर फोन गरेको आमाले बताउनुभयो । त्यसपछि छोरीको मोवाइल अफ भएको पनि उहाँले बताउनुभयो ।

छोरीले आत्महत्या नगरेको दावी गर्दै उहाँले हत्या भएको आरोप लगाउनुभएको छ । पीडितहरुले प्रहरी प्रशासनले दोषीलाई उम्काउन खोजेको आरोप पनि लगाएका छन् । तर बाँकेका एसपी अरुण पौडेलले आशिषलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो ।

          April 16, 2019 2:44 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...