८० राजाको राजतिलक र दुई साम्राज्यको राजपाट झेलेकाे नोट्रे डाम क्षणभरमै खरानी !
विश्वभरका क्याथाेलिकहरुकाे आस्थाकाे केन्द्र नाेट्रे डाम साेमबार राति निमेषभरमै खरानी भयाे । नाेट्रे डाम ८ सय ५० वर्ष पुरानाे हाे । नाेट्रे डाम पेरिसको प्रमुख पर्यटकीय स्थल रहँदै आएको छ । पछिल्लो आठ दशकदेखि पेरिसको पहिचान बन्दै आएको छ ।
प्रसिद्ध लेखक भिक्टर ह्यूगोले यसै चर्चको नाममा सन् १८३१ मा ‘हञ्चब्याक अफ् नाेट्रे डाम’ उपन्यास लेखेका थिए । जसलाई फ्रेन्च साहित्यको अति नै महत्वपूर्ण कृति मानिन्छ । यो भन्दा अगाडि अन्तिम पटक फ्रान्सेली राज्य क्रान्तिको बेला पनि यो चर्चमा क्षति पुगेको थियो ।
त्यतिबेला चर्च विरोधीहरुले त्यहाँ भएका सन्तहरुका मूर्तिलाई भत्काएका थिए । यो चर्चले फ्रान्सको बदलिएको इतिहास देखेको छ । ८० राजाहरुको राजतिलक, दुई साम्राज्यको राजपाट, पाँच गणतन्त्रको गठन र दुई विश्वयुद्धलाई झेलिसकेको छ ।

सन् ११६३ मा सुरु भएर यो चर्च निर्माण सम्पन्न गर्न १८० वर्ष लागेको थियो । हरेक वर्ष यहाँ २ हजारभन्दा बढी विभिन्न कार्यक्रमहरु आयाेजना गरिँदै आइएकाे छ ।यस्ताे ऐतिहासिक धराेहर आगाेले खरानी हुँदा पेरिसवासी मात्रै हाेइन, पूरा विश्व समुदाय नै स्तब्ध भएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाेट्रे डाम आगलागी घटनालाई विश्वकै एउटा दु:खदायी घटना भएकाे बताएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले चर्चमा आगो लागेपछि भावुक हुँदै भने, ‘पुरै देश जलिरहेको छ ।’ यो स्मारकलाई जलिरहेको देखेर कतिपयहरुका आँखा पनि रसाए चाहे ती आस्तिक हुन या नास्तिक ।
विश्वकै सबैभन्दा बढी घुमिने देश फ्रान्स हो । तर फ्रान्सको सबैभन्दा बढी घुमिने त्यहाँको स्मारक आइफेल टावर नभएर नाेट्रे डाम भएको बताइन्छ । फ्रान्समा रहेका ९९ प्रतिशत टाउनहरुको जनसंख्या एकदिनमा नाेट्रे डाम घुम्न जाने मानिसहरुको सङ्ख्या भन्दा कम भएको बताइन्छ ।

वर्षमा एक करोड तीस लाख पर्यटकले नोट्रे डामको प्रमुख द्वार पार गर्ने गर्छन् । यसअनुसार एकदिनमा नाेट्रे डामले झण्डै ३५ हजारभन्दा बढी पर्यटकलाई स्वागत गर्छ ।
फ्रान्सका राष्ट्रपतिले नागरिकबाट चन्दा संकलन गरेर यो स्मारकलाई पुनर्निर्माण गर्ने भनेका थिए । तर फ्रान्सका एकजना अर्बपति फ्राँस्वा हेनरी पिनल्टले सोमबार राति स्मारकमा आगो लागेको घण्टाभित्रै आफू र आफ्नो परिवारले एक सय मिलियन युरो सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘यो फ्रान्सको सम्पत्ति हो । हाम्रो इतिहास बोकेको यस स्मारकलाई निर्माण गर्नु हाम्रो दायित्वय हो ।’
April 16, 2019 3:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध