युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश
युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग एक–एक गोलको बराबरी भएकोमा युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्सले २–१ को जित निकाल्न सफल भयो । जसका कारण उसले युभेन्टसमाथि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो ।

पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेगमा पनि युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । तर सो अग्रता धेरै बेर टिक्न सकेन ।
खेलको २८ औँ मिनेटमा रोनाल्डोले युभेन्टसलाइ एक शून्यले अगाडी राखेका थिए । तर त्यसको ६ मिनेटमा नै आयाक्सका भान डेर बिकले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी भएको खेलको ६७ औँ मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल पाहुना टिमलाई अग्रता दिलाए ।

आयाक्स क्लबको इतिहासमा यो नवाैँ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । अन्तिम पटक आयाक्स सन् १९९६ मा सेमिफाइनलमा पुगेको थियो ।
युभेन्टसले एकै सिजनमा युरोपियन प्रतियोगितामा दुई वटा खेल घरेलु मैदानमा हार्न पुग्यो । च्याम्पियन्स लिगमा आयाक्सको यो लगातार तेस्रो अवे जित हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी