ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु
7 years अगाडी
Susma Dhakal
भक्तपुर – च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नम्बरको ट्रकले ठक्कर दिँदा मंगलबार राति एकजना पैदल यात्रीको ज्यान गएको छ ।
ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
ट्रकको ठक्करपछि गम्भीर घाइते भएका मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति ज्यान गएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी
दिएको छ ।
ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुर–१० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
April 17, 2019 10:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...