दिल्ली मा प्रवासी नेपाली संघ भारत को नँया बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सूर्य बस्याल / दिल्ली
बिक्रम संबत को नँया बर्ष बैसाख एक गते ( 14 अप्रैल 2019) का दिन दिल्ली को रमेश नगर स्थित लाम्बा हल धजा पतका र बेनर हरू ले सजियको थियो ।
मुल ढोका मै स्वागत बेनर को वरिपरि स्वंय सेवक र आयोजक हरू नमस्कार को मुद्रा मा आगन्तुक लाई स्वागत गर्दै हुनुहुन्थ्यो ।
भित्र को दृश्य मनमोहक थियो ।नेपाली पोसाक मा सजिएका कलाकार हरू आफ्नो प्रस्तुति को पर्खाई मा थिए ।

खचाखच भरिएको हलमा देवेन्द्र श्रेष्ठ को अध्यक्षता जिवन शर्मा को संचालन मा संघ का सचिवालय सदस्य बेद भण्डारी ले पानस मा बत्ती बालेर जब ऊद्घघाटन गर्नु भयो हल ताली को गडगडहाट ले गुन्जिएको थियो ।

मन्च को दाया बाया अतिथि हरू प्रवासि संघ भारत का केन्द्रीय सल्लाहकार टिका राम पोखरेल, राम प्रसाद पराजुली सदस्य सुर्य बस्याल, प्रस्तावित सदस्य ईश्वरि भण्डारी दिल्लि राज्य समिति का अध्यक्ष एन बि थापा, सचिव बिमल पौडेल कोषाध्यक्ष बिर बहादुर गजमेर ,सहसचिव खडानन्द शर्मा खेलकुद बिभाग प्रमुख गुम बहादुर थापा ,राज्य का तिल ब-थापा ,जुद्ध जि टि, युवक घर्ती अखिल भारत नेपाली एकता मंच का दिल्लि अध्यक्ष जिवन शर्मा , प्रनेसंघ का पश्चिम दिल्ली अध्यक्ष अर्जुन बि क ओखला अध्यक्ष एन बि थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हरू को समेत ऊपस्थिति रहेको थियो ।

राष्ट्र गान र दिपेस के सि को स्वागत मन्तव्य बाट अघि बढेको कार्यक्रममा अतिथि बक्ता हरू ले समसामयिक विषयमा कुरा राख्नु को साथै नेपाल भारत संम्बन्ध को प्रगाढता लाई बढाउदै सम्मानित, सुरक्षित र समृद्ध प्रवासी नेपालि को लागि कार्य गर्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रम को मुख्य बिषय ” आजको आवश्यकता सभ्यता र संकृति मा एकता माथि प्रकाश पार्दै बक्ता हरू ले नेपाली समाज सँग ईमान्दार मेहनती ,सबै सँग मिलेर रहन सक्ने र जहा रहँदा पनि आफ्नो सभ्यता र संकृति मा रमाउने र त्यसैमा बाच्ने खुबी छ ।जसले गर्दा विश्व को जहा रहेर पनि हामी अरू भन्दा भिन्न छौ ।

यो पहिचान ,अस्तित्व र सामर्थ्य लाई अक्षुण्ण राख्दै दक्षता, ज्ञान अभिबृद्धि गर्दै स्वास्थ्य , शिक्षा , र आर्थिक पारदर्शिता र परिचालन मा अग्रणि बन्ने बनाऊने कार्य मा अब भारत लगायत बिश्व मा रहेका प्रवासी नेपालीहरु लाग्नु पर्ने र नेपाल सरकार ले समेत त्यस्ता कार्य मा सहयोग पुर्याउन पर्छ भन्दै नँया बर्ष मा नया सोच लिएर अघि बढ्न सबै लाई शुभकामना दिदै आव्हान समेत गर्नु भएको थियो ।
मात्र ६ बर्ष कि ख्याति प्राप्त कलाकार सृष्टि अधिकारी लगायत नगर समिति भित्र रहनु हुने प्रवासी नेपाली का छोरा छोरि हरू को कला संस्कृति र नाच ले सबै लाई मन्त्र मुग्ध गरेको थियो ।
कार्यक्रममा कलाकार हरू लगायत संघ मा आबद्ध नया बैवाहिक सम्बन्ध गाँसेका परिवार हरू लाई समेत सम्मान गरिएको थियो ।
साँझको बिशेष भोज सहित सम्पन्न ऊक्त कार्यक्रम लाई सम्पन्न पार्न सफल आयोजक प्रवासी नेपाली संघ भारत मध्य पश्चिम दिल्ली नगर समिति लाई सबै ले स्याबासि र धन्यवाद दिएका थिए ।
भने ऊपस्थित सबै ले बिक्रम संबत को नँया बर्ष २०७६ को शुभकामना आदान प्रदान गरेका थिए ।
***********************************
April 17, 2019 10:40 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी