Saturday 14th March 2026

मृगौला पीडित शक्तिमान तामाङलाई कुवेतबाट आर्थिक सहयोग

7 years अगाडी

कुवेत । संखुवासभाका मृगौलारोगी शक्तिमान तामाङलाई कुवेतबाट आर्थिक सहयोग भएको छ ।कुवेतमा कार्यरत रहेका तामाङ आएको १ वर्षमा काम गर्ने ठाउँमा अचानक बिरामी भएका थिए । उनलाई हस्पिटल पुयाई चेकजाँच गर्दा दुबै मिर्गौला फेल भएको पत्ता लागेको थियो ।

त्यसपछि नेपाल फर्किएका उनको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।  पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको छ । उनका स–साना २ छोरि र १ छोरा छन् ।उनको उपचारको लागि कुवेतमा विजय लामाको पहलमा आर्थिक सहयोग सङ्कलन अभियान चलेको थियो । अभियानबाट सङ्कलन भएको १ लाख ६८ हजार १ सय १६ रपैयाँ पीडित तामाङलाई सहयोग गरिएको हो ।उक्त सहयोग रकम पत्रकार रबि लामिछानेको हातबाट पीडितलाई हस्तान्तरण गरिएको थियाे ।

          April 17, 2019 10:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...