Friday 6th March 2026

बाग्लुङ जीप दुर्घटनाका घाइतेलाई परिवार दलको सहयोग

7 years अगाडी

 दुई महिना अगाडि बाँग्लुङको जैमनी नगरपालिका–८ छिस्तीमा भएको जीप दुर्घटनामा गम्भिर घाइते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ।घाइते पुनको बाँसबारीस्थित वेलनेस अस्पतालमा उपचार भइरहेको छ। नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले मंगलबार अस्पातालमै पुगेर घाइते पुनका दाजु गंगा बहादुरलाई ३० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।

पुनको उपचारमा संमलग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्थ्य सुधारोन्मुख रहेको छ। सामान्य हिड्न र बोल्न थालेको तथा पुराना कुराहरु सम्झन थालेको बताउँदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापीलगायतको बिधिबाट उपचार गर्नु पर्ने डा. गिरीले जानकारी दिइन्।आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि बिदेशबाट र केही सहयोगी मनहरुले सहयोग गरेको बिरामीका दाजु गंगाबहादुरले बताए।

रकम हस्तान्तरण गर्न नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल र केन्द्रीय सदस्य मनोज सुर्खेतीसहित पुगेका अध्यक्ष ढकालले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरे।

          April 17, 2019 11:22 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...