बर्षासँगै आएको आँधिका कारण पाकिस्तानमा २५ भन्दा बढीको मृत्यु !
हावाहुरी सहित आएको आँधीका कारण पाकिस्ताका विभिन्न स्थनानमा २५ भन्दा बढीको ज्यान गएको छ । आँधीले त्यहाँको पञ्जाव प्रान्त र सिन्धा प्रान्तमा सबैभन्दा धेरै प्रभाव पारेको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
आँधिका कारण त्यहाँ भएका विजुलीको पोल साथै रुखहरु पनि ढलेका छन् । पाकिस्तानी समाचारपत्र डनका अनुसार देशका पश्चिमी, मध्य र पूर्वी क्षेत्रमा एक साता अघिबाट निरन्तर पानि परिरहेको छ । बर्षका कारण धेरैजसो ठाँउमा बाढीको पनि खतरा देखिएको स्थानीय सरकारलाई उदृत गर्दै स्थानीय संचार माध्यमहरुले जनाएको छ ।
निरन्तर भइरहेको बर्षका कंयौ भवनहरु पनि भत्कीएको जनाईएको छ । त्यस्तै खैबर पख्तनूख्वा प्रान्तको चित्राल उपत्यकामा घरको छत खस्दा एक महिला र दुई पुरुषको ज्यान पनि गएको छ। बाढीमा परेर केही बेपत्ता भएकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताईएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध