१९ बर्षीय स्वस्तिका लिम्बुको रहस्यमय मृत्यु,अनुसन्धान गर्दा आयो धम्की !
नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बुको रहस्यमय तरिकाले हत्या भएको छ । ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले हत्या भएको हो । श्रीमान मुकेश र स्वस्तिमा नेपालगंजको भृकुटि चोकको एक घरमा केह समय अघिबाट बस्दै आएका थिए । तर आईतबार दिउँसो उनिहरु बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा स्वस्तिकाकाे शव भेटिएको थियो । त्यसपछि घरवालाहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको थियो ।
मृतक स्वस्तिमाको शरिरमा निल चोटकासाथै अस्वभाविक सुन्निएकाले उनको हत्या नै भएको हुनसक्ने अनुमान गरेका छन् । उता स्वस्तिकाको माइती पक्षले भने मुकेशले नै हत्या गरेको आरोप लागएका छन् । मृतक स्वस्तिकाले दिउँसो १२ बजे तिर नयाँ बर्ष मनाउन घर माईत आउने भनेर फोन गरेकी थिईन् । तर उनको श्रीमानले उनलाई माइत जान नदिएको माइती पक्षलाई खबर गरेकी थिईन् । त्यसको केही समयमै स्वस्तिकाको मोबाईलमा फोन नलागेकोले उनको हत्या भएको माइती पक्षको आरोप छ ।
घटना १ गतेको भएपनि २ दिन सम्म आफुहरुलाई खबर नगरेको र तेस्रो ब्यक्तिबाट उनको मृत्यु भएको खबर सुनेकोले आशिशले नै हत्या गरेको माइती पक्षको दावी छ । स्वस्तिकाको हत्या भएको हो या आत्महत्या भन्नेबारे अनुसन्धानकै क्रममा रहेको बाँकेका जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिएका छन् ।
मृतक स्वस्तिकाका माईतीपक्षधरले श्रीमान् आशिशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी उपरीक्षक पौडेलको भनाई छ । उनलाइ पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको पनि उपरीक्षक पौडेलले बताए । श्रीमान आशिश विगतका समयमा लागुऔशमा संलग्न रहेको र स्वस्तिमालाई प्रायजसो कुपपिट गरिरहने गरेको स्थानीयहरुको भनाई छ । आशिश नेकपा सांसद् नन्दलाल रोकायाका नाति हुन् ।
April 17, 2019 12:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध