

इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो । घरेलु मैदानमा भएको पहिलो लेग दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा चार एकले हरायो ।

खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलका अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो । ६५ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दुई शून्यमा पुर्याए ।
तर त्यसका तीन मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै अन्तर कम गरेका थिए । लिभरपुलले पोर्टोविरुद्ध त्यसपछि अरु दुई गोल थप्यो । ७७ औं मिनेटमा रोबेर्टो र्फेमिन्होले गोल गरे भने ८४ औं मिनेटमा भान जीकले साडियो मानेको पासमा लिभरपुलका लागि चौथो गोल गरे ।

यसका साथै लिभरपुलले पोर्टोलाई लगातार दोस्रो सिजन हराउन सफल भयो । अब सेमिफाइनलमा लिभरपुलले बार्सिलोनासँग खेल्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो इंग्लिस क्लव बनेको छ ।




प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

