साउदी अरबमा दुई भारतीयलाई मृत्युदण्ड
काठमाण्डौ – साउदी अरबमा दुई जना भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो ।
उनीहरुलाई गएको फेब्रुअरी २८ तारिखका दिन मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । तर उनीहरुका परिवारलाई गएको सोमबार मात्रै खबर दिइएपछि मृत्युदण्ड भएको थाहा भएको हो ।
सन् २०१३ मा गाडी चलाउन साउदी गएका उनीहरुले सन् २०१५ मा आरिफ भन्ने व्यक्तिसँग मिलेर चोरी गरेको र चोरी गरेको पैसा बाँड्ने क्रममा झगडा भएपछि आरिफको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई सन् २०१५ मा चोरीको आरोपमा पक्राउ गरेको थियो । सजाय पूरा भएर छुट्ने बेलामा हत्या गरेको समेत आशंका भएपछि रियादबाट दमाममा सारिएको थियो । अनुसन्धानका क्रममा आरोप स्वीकार गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।
साउदीको कानुनअनुसार मृत्युदण्ड पाएका व्यक्तिको शव उसको परिवार र देशमा पठाउँदैन । यस्तै मृत्युदण्ड दिइएको दुई महिनापछि मृत्यु दर्ता जारी गर्ने साउदीको कानुन छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव