बँदेलको पेटमा भेटियो ६ करोड भन्दा बढीको मुल्यवान बस्तु ! (फोटो फिचर)
चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो । यो विचित्रको चीजलाई उनले संभालेर राखे ।
एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ ।

यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो । चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।

विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।
April 19, 2019 11:57 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने