रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आजदेखि आवेदन खुला
काठमाण्डौ – जलविद्युत कम्पनीमध्ये सम्भावनायुक्त आयोजनाको रुपमा हेरिएको रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आजदेखि आवेदन खुला भएको छ ।
दुवै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुवैको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो । यसअघि प्रकाशित आह्वानपत्रमा भने दुवै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए ।
पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको थियो ।
रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।
यसैगरी साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ । दुवै कम्पनीको शेयरमा मेरो शेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।
‘जनताको जलविद्युत कार्यक्रम’ मा समेटिए पनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले नै खरिद गर्नुपर्ने छ ।
April 19, 2019 12:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी