झुक्किएर बीजेपीलाई भोट गएपछि मतदाताले काटे आफ्नै औँला !
एक भारतीय मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि आफ्नो बायाँ हातको चोरी औँला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नाै औँला नै काटेका छन् ।
ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशाेच जनाउँदै हातको औंला काटेको बताएका छन् । औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ ।
उत्तर प्रदेशकाे बुलन्दशहरकाे कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहीबार मत खसाल्न गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए ।
ती युवकले गलत पार्टीलाई मत दिए पछि आत्मग्लानी भएको बताए । त्यसपछि रिसले चुर भएको ती युवाले घरमा गएर बायाँ हातको चोरी औंला काटेका हुन् । धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाले बताए ।
भारतमा सातौं चरणमा चुनाव भइरहेको छ, जहाँ मे २३ मा मतगणना हुँदैछ । झण्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावको रुपमा हेरिन्छ ।
April 19, 2019 1:19 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग