झुक्किएर बीजेपीलाई भोट गएपछि मतदाताले काटे आफ्नै औँला !
एक भारतीय मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि आफ्नो बायाँ हातको चोरी औँला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नाै औँला नै काटेका छन् ।
ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशाेच जनाउँदै हातको औंला काटेको बताएका छन् । औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ ।
उत्तर प्रदेशकाे बुलन्दशहरकाे कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन बिहीबार मत खसाल्न गाउँकै मतदान केन्द्रमा गएका थिए । मतदानको क्रममा हतारिँदै उनले बहुजन समाज पार्टीको चिन्ह हात्तीको सट्टा भारतीय जनता पार्टीको चिन्ह कमलको बटन दबाएका थिए ।
ती युवकले गलत पार्टीलाई मत दिए पछि आत्मग्लानी भएको बताए । त्यसपछि रिसले चुर भएको ती युवाले घरमा गएर बायाँ हातको चोरी औंला काटेका हुन् । धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाले बताए ।
भारतमा सातौं चरणमा चुनाव भइरहेको छ, जहाँ मे २३ मा मतगणना हुँदैछ । झण्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावको रुपमा हेरिन्छ ।
April 19, 2019 1:19 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव