Saturday 14th March 2026

सोलुखुम्बुमा घुम्न आएका एक अमेरिकन नागरिकको मृत्यु

7 years अगाडी

सोलुखुम्बु । सोलुखुम्बुमा एक अमेरिकन नागरिकको मृत्यु भएको छ। भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर उनको ज्यान गएको हो। कानुनी प्रक्रिया पूरा गरेरे उनको शव काठमाडौँको शिक्षण अस्पताल लगिने प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

          April 21, 2019 12:01 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...