जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग
बेझाड । उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन्।यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो।गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी बनाएको सहयोग दाता ओकेबाजेले बताए।
विद्यालयका प्रधानाध्यापक केशवराज पङ्गेनीले पोशाक सहयोग गरेकोमा जापानी नागरिकलाई धन्यबाद दिँदै यस कार्यक्रमले बिचमै कक्षा छाड्ने, नियमित विद्यालय नजाने समस्यामा कमी आउने बताए।विद्यालय पोशाक पाएपछि यहाँका विद्यार्थीहरु खुशी भएका छन्। ग्रामीण र दुर्गम भेगमा सञ्चालित विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु पोशाक समस्याले पनि विद्यालय नजाने समस्या देखिएको छ।
April 21, 2019 12:14 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार