‘मोदी जेल जान सक्छन्’ : राहुल गान्धी
भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदी ‘राफेल डिल’ काण्डमा जेल जान सक्ने बताएका छन्। सञ्चार संस्था हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अध्यक्ष गान्धीले यस्तो बताएका हुन् ।
हिन्दुस्तान टाइम्सका संवाददाताले राहुल गान्धीलाई सोधे, ‘प्रधानमन्त्री मोदीले अन्तर्वार्तामा मसँग भन्नुभएको थियो कि राफेल डिलमा मैले सबै कुरा भनिसकेँ । तपाईंहरु उनीहरुसँग (राहुल गान्धी) आरोपको प्रमाण के छ भनेर किन सोध्नुहुन्न ? अब त उच्च अदालतले पनि राफेल डिलको वैधतामा शील गरिसकेको छ । यस सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?’
पत्रकारको यी प्रश्नको जवाफ दिँदै भने, ‘हिन्दु अखबारले राफेलसम्बन्धी जुन दस्तावेज छापेको छ, त्यसबाट के प्रस्ट हुन्छ भने नरेन्द्र मोदी भारतको नेगोसियशन टिमलाई बाईपास गर्दै राफेलको मूल्यको मोलभाउ सिधै १० औं कम्पनीसँग गरिरहेका थिए । यी कागजातको आधारमा नै नरेन्द्र मोदी जेल जान सक्छन् ।’
के हो राफेल डिल विवाद ?

राफेल डिल विवाद भारतमा लडाकु विमान खरिदको क्रममा उत्पन्न भएको राजनीतिक विवाद हो । भारतको रक्षा मन्त्रालयले फ्रान्सको डसाल्ट राफेलबाट ३६ लडाकु विमान खरिद गरेको थियो, जसको अनुमानित मूल्य ५८ हजार करोड भारतीय रुपैयाँ हुनसक्छ ।
विपक्षी पार्टी कांग्रेसले युनाइटेड प्रोगेसिभ एलाइन्स सरकारको दौरान एक राफेल जेट विमानको मूल्य ६ सय करोड भारतीय रुपैयाँ तय गरेको थियो । मोदी सरकारले भने एक राफेलको झण्डै १६ सय करोड भारतीय रुपैयाँ पर्ने बताएको छ ।
April 21, 2019 2:23 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग